शनिबार, जेठ ३२, २०८२

इजरायली हवाई हमलामा इरानी परमाणु उर्जा संगठन प्रमुखको मृत्यु

नेपालखोज २०८२ जेठ ३१ गते १०:४२

इजरेलीले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन् ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको ‘अस्तित्वको लागि’ खतरा भएको बताएका छन् ।

उनले ‘आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने” बताउँदै इजरेलको हमलाले “इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको’ पनि बताए । इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ ।

इरानको रिभोलुशनरी गार्डस्‌को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन् ।

इजरेली हमलामा इरानको रिभोलुशनरी गार्डस्‌का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ ।

इजरेली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन् । परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ ।

प्रतिक्रिया