आइतबार, असार १, २०८२

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८२ जेठ ३२ गते १५:४९

काठमाडौं । शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ ।

एशोसिएशनका अध्यक्ष संजय कुमार श्रेष्ठको सभापतित्वमा आयोजित उक्त साधारण सभामा विशिष्ठ अतिथिका रुपमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, सिएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, नेपाल उद्योग बाँणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको उपस्थिति रहेको थियो ।

एशोसिएशनका अध्यक्ष श्रेष्ठले सभामा उपस्थित भएकाहरुलाई स्वागत गर्दै वि.सं. २०५४ सालमा स्थापना भएको यस मोरङ अटोमोबाइल्स डिलर्स एसोशिएसनले अटोमोवाइल क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यवसायीहरुको हक हितका साथै उद्योग व्यवसाय क्षेत्रमा आफ्नो सक्रीयता कायम राख्दै, महत्वपूर्ण भुमिका निर्वाह गदै आईरहेको बताए ।

त्यसैगरी व्यवसायीक एकताकै कारण विगतका दिनहरुमा बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई मार पर्न गएको अवस्थामा नेपालमा सर्वप्रथम नाडाको समन्वयमा सातै प्रदेशमा एकैदिन, एकैसाथ, एकै समयमा चर्को व्याज विरुद्ध विरोध प्रर्दशन गरी सडक आन्दोलन गरेको समेत जानकारी गराए ।

अध्यक्ष श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा पनि एशोसिएसनले आफ्नो सदस्य प्रतिष्ठानहरुको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न सरकारी निकायहरुमा प्रयास गदै आइरहेको, सरकारका सम्बन्धित निकाय तथा व्यवसायीहरु बीच पारस्पारिक हित तथा विश्वास बढाउन सदैव क्रियाशिल रहीरहेको बताए । त्यसैगरी यस अटोमोबाइल क्षेत्रमा व्यवसाय गर्दा वस्तुको मुल्य रु. एक देखि सुरु हुने हुँदा हाल सरकारले प्रत्येक सामानमा ःच्ए स्टिकर लगाउन अनिवार्य कार्यान्वयन गरेको हुँदा उक्त झन्झटिलो प्रक्रियाले व्यवसायीलाई झन मारमा पर्ने हुँदा सो सम्बन्धी कार्यान्वयनलाई सम्बिन्धत निकायले पुनः विचार गर्नुपर्ने समेत आग्रह गरे ।

त्यसैगरी अटोमोबाइल व्यवसायीले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगत गरी विभिन्न व्यवसायी क्षेत्रलाई टेवा पु¥याउने अभिप्रायले विविध किसिमका तालिम गर्दै आइरहेको र यसबाट ठुलो संख्यामा प्रशिक्षार्थीहरु लाभान्वित भई कार्यक्षेत्रमा समेत संलग्न रहेको हुँदा भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जाहेर गरे ।

साथै, कर, भन्सार तथा (ख्ऋत्क्) सम्बन्धित विषयमा जानेर वा नजानेर कतिपय व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषय वस्तुमा सम्बन्धित निकायसँग समन्वय गरी त्यस विषयमा उठेका समस्यालाई समाधान गर्दै भविष्यमा यसलाई निरन्तरता दिने बताए ।

नेपालमा अटोमोबाइल क्षेत्र तीव्र गतिमा विकास हुँदै गइरहेको सन्दर्भमा विशेष गरी यातायात, पर्यटन र आर्थिक गतिविधिहरुमा यसले ठूलो योगदान पु¥याइरहेको हुँदा यस क्षेत्रलाई अझ विस्तार गर्नकालागि विद्युतीय गाडीहरुमा कर छुट, चाजिँङ्ग स्टेशनको विस्तार, निजी क्षेत्रलाई उपलब्ध गराउने चाजिङ्ग स्टेशनकालागि प्रर्याप्त विद्युत र सो सम्बन्धी शुल्क, सडकको विस्तार, नेपालमै विभिन्न ब्राण्डका गाडी एसेम्बल गर्नकालागि ल्याइने नीति तथा नियमलाई व्यवसायमैत्री बनाइनु पर्ने बताए ।

त्यसैगरी अटोमोबाइल्स क्षेत्रका व्यवसायीहरुलाई आन्तरिक राजस्व कार्यालय विराटनगरबाट पाउने सेवा सुविधामा सुधार भई उत्कृष्ठ सेवा सुविधा प्राप्त भईरहेको हुँदा आन्तरिक राजस्व कार्यालय विराटनगरलाई धन्यवाद समेत व्यक्त गरे । त्यसैगरी विराटनगर भन्सार कार्यालयमा विगतका समय भन्दा हाल सेवा सुविधामा केही सहज भएता पनि साना तथा मझौला व्यवसायीहरुलाई सन्दर्भ मूल्य पुस्तिका र साफ्टा अन्तर्गत आयात गरिने वस्तुमा साफ्टा सुविधा प्राप्त गर्न केही बाधा भइरहेको हुँदा यसलाई जति सक्दो सहज र सरल बनाई दिन हुन समेत आग्रह गरे ।

प्रतिक्रिया