मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
नेपालखोज
२०८२ जेठ ३२ गते १६:१७

धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका-८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२-०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका-८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।
मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो ।
‘दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, उपचारका क्रममा निजको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भने ।
सम्बन्धित
प्रतिक्रिया