आइतबार, असार १, २०८२

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलाई विशेष छुट दिने

नेपालखोज २०८२ जेठ ३२ गते १६:२५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन बिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई. सुभाष चन्द्र बरालबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । यो सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ ।

सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरुमार्फत प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट काडर्, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास लिएको छ ।

प्रतिक्रिया