आइतबार, असार १, २०८२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

नेपालखोज २०८२ असार १ गते ११:३५

हुम्ला । सिमकोट गाउँपालिकालाई काठमाडौंस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।

नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताए ।

राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका-१ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने अध्यक्ष भण्डारीले बताए । वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन् ।

अब बिरामीलाई अस्पताल पुर्याउन सहज हुने उनले बताए । यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन ।

प्रतिक्रिया