तौल घटाउन हरियो चियाको उपयोग: कहिले, कति र कसरी पिउँदा बढी फाइदा मिल्छ ?

काठमाडौं । हरियो चियालाई आजकाल तौल घटाउन चाहनेहरूको पहिलो रोजाइका रूपमा लिइन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्न, बोसो घटाउन र पाचन सुधार गर्न ठुलो सहयोग पुर्याउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
हरियो चिया क्याफिन, क्याटेचिन (विशेषगरी EGCG)) जस्ता एन्टिअक्सिडेन्ट्सले भरिपूर्ण हुन्छ । यी तत्वहरूले पाचन प्रक्रियालाई तीव्र बनाउने र शरीरमा सञ्चित बोसो जलाउने काम गर्छन् ।
कसरी मद्दत गर्छ तौल घटाउन ?
चयापचय वृद्धि गर्छ : हरियो चियामा पाइने (EGCG) तत्वले क्यालोरी जलाउने दर बढाउँछ ।
बोसो परिचालनमा सहयोग : क्याफिनले बोसोलाई ऊर्जा स्रोतको रूपमा प्रयोग गर्न सजिलो बनाउँछ ।
भोक नियन्त्रण : केही अनुसन्धान अनुसार, हरियो चियाले भोक कम गर्ने सम्भावना देखिएको छ ।
पाचन सुधार : ग्यास्ट्रिक रसको स्राव बढाएर पोषक तत्वहरूको राम्रो अवशोषणमा सहयोग पुर्याउँछ ।
कहिले र कति पिउने ?
समय : बिहान ब्रेकफास्ट अघि वा व्यायामपछि पिउनु उत्तम मानिन्छ। साँझ पनि पिउन सकिन्छ तर सुत्नुभन्दा कम्तिमा २ घण्टा अघि।
मात्रा : दिनको २–३ कपसम्म सुरक्षित हुन्छ।
सावधानी : खाली पेटमा पिउन नहुने र सुत्नुअघि सेवन नगर्नु राम्रो । अत्यधिक सेवनले एसिडिटी वा निद्रामा बाधा पुर्याउन सक्छ ।
प्रतिक्रिया