सुनको सिक्री थुतेर भाग्ने क्रममा एक जना पक्राउ
नेपालखोज
२०८२ असार १ गते १३:०२

काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका-४ मा दुई जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा एक जना पक्राउ परेकाे छ । पर्साको वीरगञ्ज महानगरपालिका-२० का १९ वर्षीय सचिन राजपुतलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
शनिबार दिउँसो शनिबारेस्थित बजारमा सोही स्थानकी २८ वर्षीय बिनिता तामाङ र ३१ वर्षीया सोभा राईले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा प्रहरी चौकी बसाहाको टोलीले राजपुतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया