आइतबार, असार १, २०८२

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु

नेपालखोज २०८२ असार १ गते १५:१४

धादिङ । भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो ।

पहिलो चरणमा सिद्धलेक-७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ । सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताए ।

पुस्तौँदेखि भूमि नभएर सुकुम्बासी भएकाले जग्गा पाउने प्रक्रियाका लागि यसअघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहीन तथा सुकुम्बासीको तथ्याङ्क सङ्कलन गरेका थिए । उनले ७७२ जना भूमिहीनको तथ्याङ्कसहित अव्यवस्थित बसोबासको विवरण तयार गरेकामा पन्त नेतृत्वको समितिले सोही आधारमा काम अघि बढाएको हो ।

यसअघि निस्सा प्राप्त गरेकाको जग्गा नाप्न सुरु भएको भन्दै धुनीबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामुखी गाउँपालिकामा प्रक्रियामा जानका लागि काम सुरु गरिएको आयोगका सदस्य रीता परियारले जानकारी दिए ।

प्रतिक्रिया