आइतबार, असार १, २०८२

सदनको गतिरोध खुलाउन एमालेसँग भएको सहमतिमा कुनै लेनदेन छैन : वर्षमान पुन

नेपालखोज २०८२ असार १ गते १६:०१

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसंग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा छानविन गर्ने प्रतिवद्धता आएपछि आफुहरुले त्यसलाई स्वीकार गरेको उल्लेख गरे । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत नै रहेको उनले बताए ।

पुनले प्रतिपक्षीले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानविन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए । उनले रास्वपा नयाँ दल भएकाले अन्य दलसंग संसदीय प्रक्रियाको अनुभव लिदै अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया