भिजिट भिसा प्रकरणमा आफुले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप
नेपालखोज
२०८२ असार १ गते १७:१८

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफुले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्ताव अनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्ने प्रतिवद्धता जनाउदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाए ।
आफुले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको बिकल्प नभएको उहाले बताए ।
घिमिरेले सदनलाई अघि नवढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुत सदनलाई अघि बढाइने धारणा राखे ।
सम्बन्धित
प्रतिक्रिया