आइतबार, असार १, २०८२

पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल बेखु

नेपालखोज २०८२ असार १ गते १७:३९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् ।

मन्त्रालयअन्र्तगतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गरे ।
मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए ।

कर्मचारीहरुको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ, उनले भने, नीतिगत सुधार आवश्यक भए हामी तयार छौं । नागरिकको सरकारी अस्पतालमा विस्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताए ।

अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरसँग आग्रह गरे ।

मन्त्री पौडेलले सरकारी कर्मचारीहरुसहित संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिन समेत आग्रह गरे ।

प्रतिक्रिया