धवल शमशेर जबरालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौं आदेश
नेपालखोज
२०८२ असार २ गते १९:०५

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले सोमबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
चैत १५ को अराजक तीनकुने घटनाका दिन राजावादी आन्दोलनमा पार्टीको जनपरिचालन संयोजकको हैसियतमा जबरा सहभागी थिए । उनलाई मुख्य अभियुक्त मान्दै प्रहरीले चैत १५ गते नै पक्राउ गरेको थियो ।
यसअघि उनी हाजिरी जमानीमा रिहा भए पनि अदालतमा उपस्थित भएका थिएनन् । आज सोमबार अदालतमा हाजिर हुन पुगेका उनको बयान सकेर थुनछेक बहस भएको थियो । बहस सकिएपछि उनलाई तीन लाख धरौटी राखी तारेखमा रिहा गर्न आदेश भएको हो ।
सम्बन्धित
प्रतिक्रिया