‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ’

दमक (झापा) ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र तिनवटै तहको निर्वाचन सँगसँगै हुने भएकाले पार्टीमा आबद्ध सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई धेरैभन्दा धेरै स्थानमा विजयी बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले एकताबद्ध अहिलेदेखि नै एकताबद्ध भएर काम गर्नुपर्छ भने । पार्टीलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनताका बीचमा जानुपर्ने उाको भनाइ थियो ।
देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न कांग्रेसकै नेतृत्वबाट सम्भव भएको चर्चा गर्दै महामन्त्री शर्माले वर्तमान शासन व्यवस्थाको विकल्प नभएको बताए ।
कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीले क्रियाशील सदस्यता नवीकरण सात दिनमा पूरा गरेर केन्द्रलाई बुझाइने जानकारी दिइएको थियो । -रासस
प्रतिक्रिया