टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट : टस जितेर बलिङ गर्दै नेपाल
नेपालखोज
२०८२ असार २ गते २०:१२

काठमाडौं । स्कटल्याण्डमा जारी टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले अहिले नेदरल्यान्ड्सविरुद्ध बलिङ गरिरहेको छ । सोमबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङको निर्णय लिँदै डच टोलीलाई ब्याटिङमा निम्त्याएका हुन् ।
स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् । शृंखलामा नेपालको यो पहिलो खेल हो । नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया