त्रिकोणात्मक टी-२० सिरिज : नेपालले पायाे १ सय ५३ रनको लक्ष्य
नेपालखोज
२०८२ असार २ गते २१:४७

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा १ सय ५३ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो । नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए । विक्रमजित सिंहले ३० रन बनाए ।
ओपनर माइकल लेभिटले २० र अर्का ओपनर म्याक्स ओ‘डोडले १९ रन थपे । जाच लायन क्याच्टले ११ रन जोडे । साकिब जुल्फिकर २५ रनमा अविजित रहे ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए, ललित राजवंशीले १, नन्दन यादवले २ र कुशल भुर्तेलले १ विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया