लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ९६० एम्पुल, नोर्फिन ५०० एम्पुल, डाईजेपाम ९८३ एम्पुल र बुप्रेनोर्फिन ४८७ एम्पुलसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट गरूडा नगरपालिका-९ रघुनाथपुर बस्ने २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका-४ टिकुलिया बस्ने २८ वर्षीय सुखारिस सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६०० मिलिग्राम, नगद १ लाख ८० हजार ५ सय रूपैयाँ र मोबाइल ६ थानसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भएका २७ वर्षीय रामहरी थापा, पर्वत पैयूं गाउँपालिका-६ घर भएका ३६ वर्षीय दिनेश आचार्य र काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने झापा बाह्रदशी नगपालिका-२ घ भएका २६ वर्षीय सचिन लम्साल रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले रामहरीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका-३ बासुमार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल, प्रोमेथाजाईन हाइड्रोक्लोराइड ११ एम्पल, लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नगद १ लाख ४२ हजार ५ सय १५ रूपैयाँसहित सोही महानगरपालिका-१ बस्ने गोरखा घर भएका ३३ वर्षीय गणेश गुरूङ समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारचोकबाट लागूऔषध गाँजा करिब ९ किलो ९ सय ग्राम सहित पाख्रिवास नगरपालिका-८ मुगा बस्ने ४१ वर्षीय नारायण प्रसाद राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८६३८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १२० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ४ ग्राम ११० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पंकज खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कर्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट सहित कालिकोट महावै गाउँपालिका-६ पिलि बस्ने २१ वर्षीय हिक्मत शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहाको मिर्चैया नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४०० मिलिग्रामसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल कुमार साह, २१ वर्षीय दिलिप कुमार साह र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय बिशाल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगर बस्ने बिकाश देउलालाई नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, नोर्फिन १४ एम्पुल, फेनारगन १८ एम्पुल र नाईट्राजेपाम २ सय ७० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-१ शान्तिपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-१ बेलडाँडा बस्ने २८ वर्षीय तुक प्रसाद थापा र ३१ वर्षीय प्रकाश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ३६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय बिजय कर्माकार र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष मिस्त्री रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को. ३५ प ९०६९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका-११ झुम्केटारी बस्ने २७ वर्षीय याम बहादुर बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६६ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट शिवपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया