मंगलबार, असार ३, २०८२

विमान दुर्घटनाको समाचार सुनेपछि बढ्ने चिन्ता वा डर

वासु आचार्य २०८२ असार ३ गते १४:२८

यदि व्यक्ति स्वयं विमान दुर्घटनामा नपरे पनि विमान दुर्घटनाको समाचार सुनेपछि चिन्ता वा डर (Anxiety) उत्पन्न हुन्छ भने, त्यो vicarious trauma वा secondary traumatic stress को लक्षण हुन सक्छ। कसै कसैलाई यसले पनि मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।

यदि व्यक्ति स्वयं बिमान दुर्घटनामा नपरे पनि बिमान दुर्घटनाको समाचार सुनेपछि चिन्ता वा डर (Anxiety) उत्पन्न हुन्छ भने, त्यो vicarious trauma वा secondary traumatic stress को लक्षण हुन सक्छ। कसै कसैलाई यसले पनि मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।

बिमान दुर्घटनाको घटना सुनेपछि हुने Anxiety का Triggers:

1. दुर्घटनाको समाचार (news report, TV, social media) हेर्दा वा सुन्दा

2. बिमानसँग सम्बन्धित दृश्य (airport, flight sound, take-off video)

3. दुर्घटनाका फोटो वा भिडियो हेर्दा

4. दुर्घटना सम्बन्धी कुराकानीमा सहभागी हुँदा

5. ‘एदि म पनि यात्रामा हुँदाको बेला त्यस्तै भयो भने?’ भन्ने कल्पना

6. ‘हवाईजहाज सुरक्षित छैन’ भन्ने गलत विश्वास

7. आफ्नो आगामी उडानको कल्पनाले तनाव बढ्नु

समाधान (Coping Strategies and Solutions):

1. Reality Check र सूचना आधारित सोच विकास

– आँकडाअनुसार हवाई यात्रा अत्यन्तै सुरक्षित छ।

– दुर्घटनाको समाचार sensational हुन्छ, तर वास्तविक जोखिम न्यून हुन्छ।

उदाहरण: “प्रत्येक दिन लाखौँ उडानहरू सुरक्षित रूपमा सम्पन्न हुन्छन्।”

2. Limited Media Exposure (सञ्चार सीमित गर्नु)

– निरन्तर नकारात्मक समाचार हेर्दा मानसिक तनाव बढ्छ।

– समाचार हेर्न समय र स्रोत सीमित गर्नु (जस्तै, दिनको एकपटक मात्र हेर्ने)।

3. Cognitive Restructuring (CBT अभ्यास)

– Automatic Negative Thoughts (ANTs) लाई चिन्ने र चुनौती दिने।

– बिमान दुर्घटना भयो, म पनि दुर्घटनामा पर्न सक्छु भन्ने सोचलाई “एकै पटकको घटना सबैको लागि समान हुँदैन” भनेर चुनौती दिनु।

4. Relaxation Techniques प्रयोग गर्नु

Deep Breathing

Mindfulness Meditation

Grounding Techniques

5. Psychoeducation (मानसिक स्वास्थ्य ज्ञान)

– Anxiety के हो? ट्रिगरहरू कसरी काम गर्छन्? बुझ्नु।

– डर हुने भावना स्वाभाविक हो भन्ने बुझ्नु।

6. Therapy / Counseling

– यदि डरले तपाईंको दैनिक जीवनमा असर पुर्‍याउँदैछ भने, काउन्सेलिङ वा मनोपरामर्श अत्यन्त उपयोगी हुन्छ।

CBT Exposure-based therapy

7. आत्म-सहायता अभ्यास (Self-help):

– Journaling डर, विचार, भावना लेख्ने

– जानकारी अध्ययन उडान सुरक्षा तथ्य पढ्ने

– नजिकका मानिससँग कुरा भावना बाँड्दा हल्का महसुस हुने

– Music therapy तनाव घटाउन मद्दत गर्ने

छोटो मनस्थिति उदाहरण:

‘बिमान दुर्घटनाको समाचार हिजो सुनेपछि मलाई रातभरि निद्रा लागेन। अब मलाई अर्को महिना गर्नुपर्ने यात्रा डर लाग्न थालेको छ।’ यस्तो सोचले भविष्यको यात्रा निरर्थक रूपमा असुरक्षित देखाउन सक्छ । CBT ले यस्तो irrational thought लाई परिवर्तन गर्न मद्दत गर्छ । बिमान दुर्घटनाको समाचारले पनि डर, चिन्ता वा असुरक्षा पैदा गर्न सक्छ, विशेष गरी संवेदनशील मनोस्थितिमा । तर, यदि तुरुन्तै समाधान खोजेर उचित तरिकाले सामना गरियो भने यो चिन्ता व्यवस्थापन गर्न सकिन्छ ।

( आचार्य मनोविश्लेषक हुनुहुन्छ । )

प्रतिक्रिया