मंगलबार, असार ३, २०८२

गार्डिन माइक्रो लाइफको शेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त

नेपालखोज २०८२ असार ३ गते १७:४८

काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले संचालक समितिको निर्णय अनुसार इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाण्डौंलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यस गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड मार्फत हुने ब्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव लगायत सम्बन्धित सबैको जानकारीको लागि शेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।

गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको विराटनगर, मोरङ्गमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज. व. राणा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया