मंगलबार, असार ३, २०८२

द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

नेपालखोज २०८२ असार ३ गते १८:४५

काठमाडौं । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ ।

चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक गर्दै चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गरे ।

उनले यसलाई सिन्धुलीमा छायाङ्कन गर्नुभएको जानकारी दिए । अभिनेता सौगात मल्लले पनि चलचित्र जोडिनाका कारण विषय र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको बताए ।

चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रको कथा निर्देशक सुनुवारसँगै प्रदीप भारद्वाजले लेखेका छन् ।

प्रतिक्रिया