मंगलबार, असार ३, २०८२

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपालखोज २०८२ असार ३ गते १८:५६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतले तीन लाख धरौटीमा रिहा हुने आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्राविधिक रूपमा प्रहरीको फरार सूचीमा रहेका मिश्र मंगलबार आफैँ अदालत उपस्थित भएका थिए । सोही घटनाका एउटै अभियोग लगाइएका राप्रपाका महामन्त्री धवलशमशेर जबरा पनि सोमबार तीन लाख धरौटीमा छुटेका छन् ।

मिश्र र राणा धरौटीमा छुटे पनि सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईं भने अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका छन् । 

प्रतिक्रिया