तनहुँमा पुरुषको शव भेटियो
नेपालखोज
२०८२ असार ३ गते २१:५९

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ । शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । -रासस
सम्बन्धित
प्रतिक्रिया