बुधबार, असार ४, २०८२

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलद्वारा राय सुझाव माग

नेपालखोज २०८२ असार ४ गते १८:३५

काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले राय सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई इच्छुक संस्था तथा महानुभावहरूबाट आफ्नो अनुभव र विज्ञताका आधारमा २०८२ असार ११ सम्ममा कार्यदलको इमेल ठेगाना मार्फत सुझावहरु उपलब्ध गराइदिन अनुरोध भई आएकोले सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ, कार्यदलले भनेको छ ।

कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा राय सुझाव माग गरेको छ ।

नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष डा. रेवत बहादुर कार्की संयोजक रहेको उक्त कार्यदलमा भुवन कुमार दाहाल र एकजना सदस्य सचिव रहेका छन् ।

प्रतिक्रिया