दीपक मनाङेको सांसद पद खारेज, उम्मेदवार हुनसमेत अयोग्य ठहर
नेपालखोज
२०८२ असार ४ गते २२:००

काठमाडाैं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ अर्थात (दीपक मनाङे)को सांसद पद खारेज भएको छ । ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भई फैसला भइसकेको कारण भन्दै सर्वोच्च अदालतले उनी पदमुक्त हुने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेलाई उम्मेदवार हुन समेत अयोग्य भएको ठहर गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया