बिहीबार, असार ५, २०८२

इरानले ठूलो मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी

नेपालखोज २०८२ असार ५ गते २१:२४

जेरुसेलम । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेपछि इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।

‘आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,’ नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।

इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो ।

अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए । रासस/एएफपी

प्रतिक्रिया