बिहीबार, असार ५, २०८२

नेपालले नेदरल्यान्ड्सबाट पायाे १७५ रनको लक्ष्य

नेपालखोज २०८२ असार ५ गते २१:४२

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्सबाट १७५ रनको लक्ष्य पाएको छ । 

ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गर्‍यो । 

नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट लिए ।

शृंखलाको उपाधि जित्ने सम्भावनालाई कायम राख्न नेपाललाई आज जित आवश्यक छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।

प्रतिक्रिया