सातामा ५२ अर्ब ६० करोड रुपैयाँको शेयर किनबेच

नेपालखोज २०८२ असार ६ गते १४:१५

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय २८ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४९ दशमलव ४८ बिन्दुुमा खुम्चिएको छ ।

सातामा तीन सय १८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख ७० हजार ६५० पटकको कारोबारमा १२ करोड ८२ लाख ९४ हजार ८५९ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ५२ अर्ब ६० करोड आठ लाख ४४ हजार ५३३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता भने ३२४ वटा कम्पनीहरुको सेयर कारोबार भएको थियो । जसअनुुसार चार लाख ३१ हजार ८२० पटकको कारोबारमा ११ करोड १८ लाख ७४ हजार पाँच सय २२ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ५० अर्ब ४१ करोड ६० हजार १२४ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन बढेको नेप्से परिसुचक त्यसपछिका बाँकी दिनहरुमा भने लगातार घटेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक शुन्य दशमलव ४७ अंकले उकालो लागेर २६ सय ५५ दशमलव ८५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले ओरालो लागेर ४५३ दशमलव ४१ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक दुई दशमलव ८० अंकले उकालो लागेर २६ सय ५८ दशमलव ६६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंकले ओरालो लागेर चार सय ५३ दशमलव १६ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक तीन दशमलव ९० अंकले ओरालोे लागेर २६ सय ५४ दशमलव ७५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५६ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ४८ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक एक दशमलव सात अंकले ओरालो लागेर २६ सय ५३ दशमलव ६८ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य एक अंकले ओरालो लागेर चार सय ५२ दशमलव ४९ बिन्दुमा चढेको थियो ।

पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक २४ दशमलव ७६ अंकले ओरालो लागेर २६ सय २८ दशमलव ९१ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले घटेर चार सय ४९ दशमलव ४८ं बिन्दुमा कायम रहेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा सानिमाई हाईड्रोपावर कम्पनी लिमिटेड, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया