प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई दाहालकाे आग्रह
नेपालखोज
२०८२ असार ६ गते १७:१५

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा माओवादीको विपद् व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको नेपालमा विपद्को अवस्था र पूर्वतयारीसम्बन्धी अन्तरक्रियामा प्रचण्डले प्राकृतिक प्रकोप हुने धनजनको क्षति न्यूनिकरण गर्न उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका हुन् ।
माओवादी अन्तर्गतको भातृसंगठनले स्वयंसेवक निर्माण गर्नका लागि आवश्यक पहल गर्न समेत उहाले निर्देशन दिए ।
विपद् आउनुअगाडी नै पूर्वतयारी महत्वपूर्ण कुरा भएको भन्दै प्रचण्डले यसमा राष्ट्रिय बिपद् न्यूनिकरण प्राधिकरणले बढि पहल लिन जरुरी रहेको धारणा राखे ।
सम्बन्धित
प्रतिक्रिया