संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमिकमजोरी हुन नदिने स्पष्ट

नेपालखोज २०८२ असार ६ गते १७:२९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमिकमजोरी हुन नदिने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई अघि बढाउन निकै ढिलाई भएको भन्दै सचेततापूर्वक कुनैपनि ठाउँमा कमी कमजोरी नहुने गरी अघि बढाउने स्पष्ट पारे ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण गरि कामहरु प्रारम्भ भइसकेको अवस्थामा संयन्त्रले गरेका कामका बारेमा सामान्य ब्रिफिङ गर्ने काम भएको प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले जानकारी दिए । सँगसँगै कार्यालय व्यवस्थापन लगाएतका बिषयमा पनि छलफल भएको उनले बताए ।

खरेलले संक्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सहजीकरण गर्न सरकार तयार रहेको र राजनीतिक दलहरुले उपयुक्त ढंगले संयोजन गर्ने तथा बाँकी कामहरु आयोगले नै गर्ने कुरामा सचेत रहेको धारणा राखे ।

प्रतिक्रिया