शुक्रबार, असार ६, २०८२

ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभरको उद्घाटन

नेपालखोज २०८२ असार ६ गते १८:००

काठमाडाैं । ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभरको उद्घाटन गरिएको छ ।

शुक्रबार ग्वार्कोमा आयोजित एक कार्यक्रममाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथको कलङ्की-कोटेश्वर खण्ड अन्तर्गत ग्वार्काेमा निर्माण गरिएको फ्लाइओभरको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुनु खुसीको कुरा भएको भन्दै अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए ।

उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे । दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भएको र त्यसको उत्खननको सुरुवात पनि आफैले गरेको उनले बताए ।

त्यस्तै उहाले धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले अव निरन्तर अरु खनिजको उत्खनन गर्ने र कृषिको आधुनिकीकरण गर्ने धारणा राखे ।

नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउने भन्दै उनले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्न नहुने जिकिर गरे ।

प्रतिक्रिया