पूर्वतयारीलाई ध्यान दिन सभामुखको निर्देशन

नेपालखोज २०८२ असार ६ गते १९:५४

काठमाडौं । सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपद् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गरेका थिए । उनले काठमाडौंको धोवीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते शनिबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया