शुक्रबार, असार ६, २०८२

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ८२ करोड विनियोजन

नेपालखोज २०८२ असार ६ गते २०:०६

खोटाङ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । एकवर्षे तथा बहुवर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो ।

भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम सात लाखदेखि १० करोडसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ ।

जिल्लामा प्राप्त योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि १० करोड बजेट विनियोजन भएको छ । कोशी प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरे पनि जिल्लागत बजेट भने बिहीबारमात्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया