शुक्रबार, असार ६, २०८२

प्याब्सन एकल गायन प्रतियोगितामा उप्रेती प्रथम

नेपालखोज २०८२ असार ६ गते २०:२०

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं महानगरपालिकाले आयोजना गरेको एकल गायन प्रतियोगितामा दीक्षा उप्रेती प्रथम भएकी छिन् ।

प्याब्सन काठमाडौं महानगरले आज महर्षि कलेज गोँगबुमा आयोजना गरेको प्रतियोगितामा अक्सिडेन्टल स्कुल अनामनगरकी छात्रा उप्रेती प्रथम भएका हुन् । प्रतियोगितामा मनास्लु पब्लिक स्कुल नयाँबजारका छात्र सूर्य डङ्गोल दोस्रो र बोधिसत्व स्कुल डल्लुका छात्र सलीन गुरुङ तेस्रो भएका छन् । बेवीलोन स्कुल चागलःका छात्रा सुरभी पौडेल र युरो स्कुल छाउनीका छात्रा सान्वी विष्टले सान्वना स्थान हासिल गरेका छन् ।

प्याब्सन काठमाडौं महानगरपालिकाले विद्यार्थीको शैक्षिक क्रियाकलापसँगै विद्यार्थीमा भएको अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन एकल गायन प्रतियोगिता आयोजना गरेको प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगनसिंह ऐरले जानकारी दिए ।

काठमाडौं महानगरभित्रका ४० विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्वना स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया