शुक्रबार, असार ६, २०८२

इरान–इजरायल युद्ध तत्काल ‘पछि नफर्कने’ बिन्दुमा पुगेको एर्दोगानको भनाइ

नेपालखोज २०८२ असार ६ गते २१:१०

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताएका छन् ।

इरान र इजरायलबीच आठ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने सङ्घारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो।

‘दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने बिन्दुमा पुगेको छ । यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ, एर्दोगानले भने, यसको परिणामले यस क्षेत्र, युरोप र एसियालाई ‘धेरै वर्षसम्म’ असर गर्न सक्छ ।’

उनले भने, योअत्यावश्यक छ, थप विनाश, रक्तपात, नागरिक हताहत र भयानक विपत्ति आउनुभन्दा पहिले ‘ट्रिगर र बटन’ बाट औंलाहरू हटाउनु आवश्यक छ । यसले युरोप र एशियालाई आगामी धेरै वर्षहरूसम्म असर पार्न सक्छ।

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी)को युवा मञ्चमा ओआइसीका विदेशमन्त्रीहरूको भेलाअघि उनले यस्तो टिप्पणी गरेका हुन् ।

इरानका विदेशमन्त्री अब्बास अराघची पनि सहभागी हुने भेलामा उनले भने, इजरायलसँग जारी सङ्कटलाई दुई दिने वार्तामा उच्च प्राथमिकतामा राखिने बताइएको छ ।

प्रतिक्रिया