शुक्रबार, असार ६, २०८२

‘गण्डकी लोकतारा’को फाइनल शनिबार

नेपालखोज २०८२ असार ६ गते २१:५०

गण्डकी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को फाइनल प्रतिस्पर्धा शनिबार पोखरामा हुने भएको छ ।

प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १८ प्रतिस्पर्धीले भाग लिने प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’बाट छनोट भएका प्रतिभाले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रतियोगिताको निर्णायकमा गायक दुर्गा रायमाझी, पुरूषोत्तम न्यैपानेलगायत रहेका छन् । प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता आयोजना गरेको अध्यक्ष कार्कीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ‘गण्डकी लोकतारा’ उपाधिसहित ५१ हजार १११, द्वितीयलाई ३१ हजार १११, तृतीयलाई २१ हजार १११ र सान्त्वना पुरस्कार ११ हजार १११ राखिएको छ ।

प्रतिक्रिया