शनिबार, असार ७, २०८२

रुसलाई हतियार बनाउने औजार आपूर्ति पश्चिमा कम्पनीले गराएको जेलेन्स्कीको भनाइ

नेपालखोज २०८२ असार ७ गते २१:०९

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने ‘उपकरण’ उपलब्ध गराएको आरोप लगाएका छन् ।

जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया र जापानका कम्पनीका साथै थोरै संख्यामै भएपनिसंयुक्त राज्य अमेरिकाबाट पनि हतियार बनाउने उपकरण रूसले लिने गरेको उनले बताए ।

युक्रेनले सन् २०२२ मा आक्रमण गरेयता रुसमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालेको सङ्केत गर्दै आएको छ र मस्कोले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला परेको बताएको छ ।

जेलेन्स्कीले भने, ‘रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेशिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरुले हतियार बनाउन प्रयोग गर्छन् ।’ रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेको तर दर्जनौं पश्चिमा कम्पनीहरू पनि दोषी रहेको उनले बताए । -रासस/एएफपी

प्रतिक्रिया