खोलाले बगाउँदा एकजना बेपत्ता
नेपालखोज
२०८२ असार ८ गते १८:४४

बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए ।
पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो । प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए । -रासस
सम्बन्धित

प्रतिक्रिया