मंगलबार, असार १०, २०८२

माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत

नेपालखोज २०८२ असार १० गते १४:१३

काठमाडाैं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वार्षमान पुनले जेठ ३० गते माओवादीसंग भएको दुई बुदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिए ।

उनले भिजिट भिसा प्रकरणमा अख्तियारले समेत अनुसन्धान गरिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर रहेका जनताका विषयलाई सरकारले गठन गरेको समितिले अध्ययन गर्ने विश्वास व्यक्त गरे । उनले जनताको सुझाव अनुसार समितिले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गर्दै प्रतिपक्षीको हैसियतले माओवादीले पनि खवरदारी गरिरहने धारणा राखे

पुनले लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था रहेको भन्दै लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन यसमा देखिएका समस्याहरुलाई समाधान गर्दै जानुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया