मंगलबार, असार १०, २०८२

हङ्गेरीले युक्रेनलाई नाटो र युरोपेली सङ्घमा समावेश गर्ने प्रस्तावमा आपत्ति जनाउने : प्रधानमन्त्री ओर्बान

नेपालखोज २०८२ असार १० गते २१:३९

बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आफ्नो देशले युक्रेनलाई उत्तर एटलान्टिक सैन्य सङ्गठन (नाटो) र युरोपेली सङ्घ (ईयू) मा समावेश गराउने प्रक्रियामा आपत्ति जनाउने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा गरिएको सार्वजनिक सन्देशमा उनले यो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओर्बानका अनुसार, युक्रेन र यस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूबीच औपचारिक सम्बन्ध स्थापना हुनु क्षेत्रीय दृष्टिकोणले अस्थिरता र जटिलता उत्पन्न गर्ने सम्भावना रहेको छ । यस प्रकारको कदमले द्वन्द्व उत्पन्न हुने तथा आर्थिक सुरक्षामा असर पर्ने जोखिम भएको उनले बताए ।

त्यसैगरी, युक्रेनको युरोपेली सङ्घमा प्रवेशले ‘लगातार र अप्रत्यक्ष असर’ पार्न सक्ने उल्लेख गर्दै, त्यो असर भविष्यमा झन गहिरिन सक्ने सम्भावना रहेको बताए । प्रधानमन्त्री ओर्बानले युक्रेनको युरोपेली सङ्घ सदस्यता हंगेरीको आन्तरिक अर्थतन्त्रमा असर गर्ने आशंका पनि व्यक्त गरे ।

यसै सन्दर्भमा, प्रधानमन्त्री ओर्बानले यस साता हुने नाटो सम्मेलन (मंगलबार–बुधबार) तथा युरोपेली सङ्घको बैठक (बिहीबार–शुक्रबार) लाई ध्यानमा राख्दै, हंगेरीले यी चुनौतीपूर्ण समयलाई अनुभव, विवेक र दृढताका साथ व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया