बुधबार, असार ११, २०८२

विशेष अदालतमा उपस्थित भए माधव नेपाल

नेपालखोज २०८२ असार ११ गते ११:२४

काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अदालत उपस्थित भएका छन् । अध्यक्ष नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया