रेडियो पत्रकारलाई गलत तरिकाले बर्खास्त गरिएको अस्ट्रेलियाको एक अदालतको ठहर

सिड्नी । इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ । अदालतले रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै एबीसीले एन्टोनेट लाट्टोफलाई क्षतिपूर्तिस्वरूप ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) तिर्नुपर्ने फैसला सुनाएको छ ।
फैसलापछि एबिसीले गल्तीका लागि सार्वजनिकरूपमा आत्मआलोचना गर्दै माफी मागेको छ । सङ्घीय अदालतका न्यायाधीश डेरिल रङ्गियाहले आफ्नो फैसलामा भनेको छ, गाजामा इजरायली सैन्य अभियानको विरोधमा उनले राजनीतिक विचार राखेको लगायतका कारण देखाउँदै प्रसारणकर्ताले उनलाई बर्खास्त गरेर रोजगार कानून तोडेको अदालतको ठहर छ । लाट्टोफले एबीसीसँग पाँच दिने अनौपचारिक सम्झौता गरेको तीन दिनपछि सन् २०२३ को डिसेम्बरमा कानुनी कारबाही अघि बढाउँदै बर्खास्त गर्ने निर्णय एबिसीले गरेको थियो ।
उनले गाजा द्वन्द्वबारे ह्युमन राइट्स वाचको भिडियो रिपोर्ट इन्स्टाग्राममा पुनः पोस्ट गर्दै लेखेका छन्, एचआरडब्लुले भोकमरीलाई युद्धको औजारको रूपमा प्रयोग गरेको छ । एबीसीको उच्च व्यवस्थापनले उक्त पोस्टलाई लिएर जनाएको प्रतिक्रियामा पोस्ट ‘आतङ्कको अवस्था’मा परिणत भएको र एक घण्टाभित्रै उनलाई प्रशारण हटाउन भनिएको सुनुवाईका क्रममा वादीका तर्फबाट जिकिर गरिएको न्यायाधीश रङ्गियाहले बताएका छन् ।
एबिसीका प्रबन्ध निर्देशक हग माक्र्सले भने, संप्रेषित सन्देश हटाउने निर्णयलाई लिएर लाट्टोफलाई कसरी हेरियो र सङ्कटले उनलाई कसरी प्रभावित बनायो यो सोचनीय कुरा हो यसमा हामीबाट केही गल्ती भएको भए हामी त्यस घटनाप्रति खेद प्रकट गर्दछौँ। उनले भने, यो स्पष्ट छ कि यो मुद्दा हाम्रो मूल्य मान्यता र अपेक्षा अनुसार व्यवस्थापन गरिएको छैन । उनले थपे, हामीले हाम्रा कर्मचारी र दर्शकहरूलाई पनि निराश पारेका छौँ र यो असफलताले जनता र सङ्गठनभित्र बुझ्नयोग्य चिन्ता पैदा गरेको छ।
प्रतिक्रिया