आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८२ असार ११ गते १४:५८

काठमाडाैं । काठमाडौं महानगरपालिका-२१ लगनचोक नयाँपाचोमा रौतहट घर भएका ३३ वर्षीय अरबिन्द्र कुमार प्रजापतिले संचालन गरेको कपडा पसलमा विद्युत सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-१३ बयरवनी बस्ने हर्क बहादुर खड्काको घरमा मंगलबार राति आगलागी हुँदा करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरीको बर्जु गाउँपालिका-३ राय टोल बस्ने बलराम रायको ग्वालीमा गए राति आगलागी हुँदा ग्वाली पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।मोरङको विराटनगर महानगरपालिका-६ भट्टिमोड डेरा गरी बस्ने सप्तरी महादेवा गाउँपालिका-२ घर भएका ३८ वर्षीय चन्दन देवको कोठामा आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-६ पर्सा टोल बस्ने प्रविण कुमार प्रजापतिको गोठघरमा गए राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया