बुधबार, असार ११, २०८२

पतञ्जली जग्गा प्रकरण : विशेष अदालतमा माधव नेपालको थुनछेक बहस शुरू

नेपालखोज २०८२ असार ११ गते १५:४०

काठमाडौं ।विशेष अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकाे थुनछेक बहस शुरू भएको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बुधबार थुनछेक बहस शुरू भएको हो । यसअघि बुधबार नै उनको बयान भएको थियो ।

थुनछेक बहसमा नेपालको तर्फबाट बहस गर्न १२० जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन् । अधिवक्ता परिवर्तन राईले १ सय २० जनाले नाम टिपाएको जानकारी दिए ।

प्रतिक्रिया