बुधबार, असार ११, २०८२

शुन्य दशमलव ३३ अंकले घट्दा ६ अर्बको शेयर किनबेच

नेपालखोज २०८२ असार ११ गते १५:४५

काठमाडाैं । शेयर बजार पुन खुम्चिएको छ । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि शुन्य दशमलव ३३ अंकले घटेर २६ सय दशमलव २० अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ६१ हजार आठ सय २४ पटकको कारोबारमा एक करोड ३७ लाख ५९ हजार छ सय चार कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार दुई सय ५६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा छ वटा समूहहरुको सूचक बढेर बाँकी समुहहरुको सूचक बढेका छन् । जसमध्ये विकास बैंक समूहको सूचक १ दशमलव ३३ अंकले बढेर पाँच हजार २४३ दशमलव ९३ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक २३ दशमलव ७१ अंकले बढेर ३५ सय ४८ दशमलव ३९ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक आठ दशमलव शुन्य एक अंकले बढेर १२ हजार पाँच सय चार दशमलव ५१ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १२ दशमलव ४५ अंकले बढेर ११ हजार ९३० दशमलव ७१ अंकमा चढेको छ ।

यसैगरी होटल तथा पर्यटन र सामुहिक लगानी कोष समूहको सूचक क्रमशः ९६ दशमलव १९ र शुन्य दशमलव शुन्य एक अंकले बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने १ दशमलव २९ अंकले घटेर १३ सय ३४ दशमलव २९ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक ११ दशमलव ४१ अंकले घटेर २३ सय २७ दशमलव १५ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मोदी इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने बुटवल पावर कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया