६३ दिनको लागि बैंकिङ प्रणालीबाट तानियो ५० अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ५० अर्ब रुपैयाँ तानेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तानेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि ६३ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती भदौ ११ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया