हिमालयन लाइफ इन्स्योरेन्सको लाभाँश पारित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न भएको १८औं बार्षिक साधारण सभाले आठ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार तीन सय छ रुपैँयाँको आठ प्रतिशतका दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभाँश वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।
सभाले संचालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि ल्ँच्क् बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।
सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।
त्यस्तै कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तब्य र संचालक शौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
प्रतिक्रिया