आगामी आर्थिक वर्षभित्र लागू औषध नियन्त्रण विभाग स्थापना हुन्छ : गृहमन्त्री लेखक

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृहमन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक बर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताएका हुन् ।
लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । उनले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा बिशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोश्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्धाका कैदी रहेको भन्दै उहाले लागू औषध नियन्त्रणमा अझै पनि चूनौति देखिएको धारणा राखे
त्यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सवै यसका बिरुद्ध एकजुट लाग्नुपर्ने बताए ।
प्रतिक्रिया