‘सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा’
नेपालखोज
२०८२ असार १२ गते १५:४९

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएकोे र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताए । उद्धारका लागि हेलिकप्टरकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
मन्त्री लेखकले भन्नुभयो, ‘यसबाहेक मन्त्रालय मातहत सबै प्रदेशमा रहेका आपत्कालीन मानवीय सहायता केन्द्रलाई विपद् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।’
सम्बन्धित
प्रतिक्रिया