सिटिजन्स बैंकको कोष प्रर्वधक रहेको सिटिजन्स सदाबहार योजना सञ्चालनमा आउने

काठमाडौं । सिटिजन्स बैंकको कोष प्रर्वधक रहेको सिटिजन्स सदाबहार योजना सञ्चालनमा आउने भएको छ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट ५० करोडको एसआईपी समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना संचालन अनुमति प्राप्त भई मिति २०८२ आषाढ १३ गते देखि आषाढ १७(बैंकिङ्ग समय सम्म) योजनाको इकाई निष्काशन खुला रहने कम्पनीले जानकारी दिएको छ ।
साथै, उक्त समय सम्ममा सम्पूर्ण इकाई बिक्रि नभएको अवस्थामा मिति २०८२ आषाढ २७ गते बैंकिङ्ग समय सम्म इकाई बिक्रिका लागि खुला रहनेछ ।
सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सि-आश्वासदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ ।
साथै, यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात नियमक निकायहरुको नियमानुसार तथा स्वीकृति लिई क्क्ष्ए मार्फत थप इकाईहरु निष्काशनको व्यवस्था समेत मिलाइनेछ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित अन्य योजनाहरु मध्ये प्रति इकाई अंकित मूल्य रु.१० दरका ८,२०,००,००० (आठ करोड बीस लाख मात्र) इकाईहरु रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ बर्षे बन्दमुखी योजना परिपक्व भई, अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य रु. ११.३० मा प्रचलित कानून बमोजिम कर कट्टी समायोजन गरी इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आज मिति २०८२/०२/२७ गतेदेखि क्रमानुसार रकम १३ प्रतिशत प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको जानकारी समेत कम्पनीले दिएको छ ।
सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरुमा वितरण गरिएको प्रतिफल समेत प्रति इकाई लगानीको औषत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित प्रथम ७ बर्षे बन्दमुखी योजना सिटिजन्स म्युचुअल फण्ड १ लाई सफलतापूर्वक संचालन गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण इकाईधनी महानुभावहरु, सम्पूर्ण नियमन निकायहरुलाई कोष व्यवस्थापकको तर्फबाट हार्दिक धन्यवाद दिएको छ । साथै, योजनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण शुभेच्छुकहरु प्रति पनि हार्दिक आभार व्यक्त गरेको छ ।
भौतिक रुपमा इकाई धारण गरी हालसम्म पनि अभौतिकीकरण नगराउनु भएका इकाईधनीहरुले रकम फिर्ता भुक्तानी (प्रतिफल समेत) प्राप्त गर्नका लागि यस सिटिजन्स क्यापिटल लिमिटेडमा वास्तविक तीनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम, खाता नं. र हितग्राही खाता नं. स्पष्टसँग उल्लेख गरी निवेदन पेश गर्न समेत अनुरोध गरेको छ ।
आफ्नो इकाई धितोमा राखी कर्जा सुविधा उपभोग गर्नुभएका इकाईधनीहरुले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट धितो राखेको इकाईको संख्या समेत खुल्ने गरी फुकुवा पत्र सिटिजन्स क्यापिटल लिमिटेडमा पेश गरे पश्चात् इकाईधनीको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने व्यहोरा अनुरोध गरेको छ ।
साथै, विगतका आर्थिक वर्षहरुमा वितरण गरेको प्रतिफल समेत हालसम्म विभिन्न कारणबस प्राप्त गर्न नसक्नु भएका इकाईधनी महानुभावहरुले आ-आफ्नो डिम्याट खातामा बैंक खाता नं. समेत अद्यावधिक गराउन अनुरोध गरेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ तथा सिईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।
प्रतिक्रिया