शुक्रबार, असार १३, २०८२

इरानका सर्वोच्च नेताले भने- आक्रमणबाट अमेरिकाले कुनै सफलता हासिल गरेन

नेपालखोज २०८२ असार १३ गते ८:३८

काठमाडाैं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले आफ्नो देशको आणविक स्थलहरूमा आक्रमण गरेर ‘केही पनि प्राप्त नगरेको’ बताएका छन् ।

खामेनीले भनेका छन् कि अमेरिकाले इरानको आणविक कार्यक्रम रोक्ने प्रयासमा ‘कुनै उल्लेखनीय सफलता’ हासिल गरेको छैन । उनले कतारस्थित अमेरिकी हवाई अड्डामा इरानको आक्रमणलाई ठूलो ‘प्रहार’ भने ।

अमेरिकाले इरानको आणविक स्थलहरूमा गरेको आक्रमणले ठूलो क्षति पुर्‍याएको कुरा बारम्बार दोहोर्‍याइरहेको बेला खामेनीले यो कुरा बताएका हुन् ।

यसैबीच, अमेरिकी रक्षामन्त्रीले अमेरिका र इजरायलले प्राप्त गरेको गुप्तचर जानकारीले आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको देखाएको बताएका छन् । बीबीसी

प्रतिक्रिया