शुक्रबार, असार १३, २०८२

आज साँझसम्म एसईईको नतिजा सार्वजनिक हुने

नेपालखोज २०८२ असार १३ गते १५:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ ६ बजे नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

भट्टका अनुसार केही प्राविधिक कुरामा काम भइरहेपनि आजै साँझ ६ बजेसम्म नतिजा प्रकाश हुने गरी बोर्ड तयारीमा लागेको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया